ओपन एआई खरिद गर्ने मस्कको प्रस्ताव

हिमाल प्रेस २९ माघ २०८१ २१:२२ | Tuesday, February 11, 2025
ओपन एआई खरिद गर्ने मस्कको प्रस्ताव

काठमाडौँ – प्रविधि उद्यमी एलन मस्कले चर्चित एआई कम्पनि ओपन एआई ९७.४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव अघि सारेका छन्।

अमेरिकि दैनिक ‘द वॉल स्ट्रीट जर्नल’ का अनुसार, मस्क र उनका लगानीकर्ताहरूको समूहले यसको मूल लक्ष्य सुरक्षित र पारदर्शी रूपमा एआईको विकास गर्ने उद्देश्य तर्फ फर्काउने प्रयास गरिरहेका छन्।

मस्क च्याट जीपीटि बाट बढी चिनिएको ओपन एर्आईका संस्थापक मध्ये एक हुन्। उनी २०१९ मा सीईओ स्याम आल्टम्यानसँगको मतभेदका कारण ओपन एआईबाट बाहिरिएका थिए।

मिडिया रिपोर्टअनुसार मस्कको प्रस्तावमा केही प्रमुख भेञ्चर क्यापिटल फर्महरू र मस्ककै एआई कम्पनी एक्सएआईको साथ छ।

ओपन एआई सीइओ स्याम आल्टम्यानले भने मस्कको प्रस्ताव अस्वीकार गरेका छन्। मस्ककै स्वामित्वमा रहेको एक्स (पहिलेको ट्वीटर) मा प्रतिक्रीया दिँदै आल्टम्यानले लेखेकाछन्, ‘यदि मस्क चाहन्छन् भने, ‘म ट्विटर ९.७४ अर्ब डलरमा खरिद गर्न तयार छु।’

प्रकाशित: २९ माघ २०८१ २१:२२ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast