ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह

हिमाल प्रेस ५ फागुन २०८१ १८:२५ | Monday, February 17, 2025
ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको ओडिसामा भएको घटनाका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न र विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन्।

उनले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्राबासमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचारले गम्भीर बनाएको उल्लेख गरेका छन्।

मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा समवेदना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु।’

प्रकाशित: ५ फागुन २०८१ १८:२५ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast