ओडिसामा नेपाली विद्यार्थीको कक्षा र छात्रावास व्यवस्था गर्न विश्वविद्यालय तयार : नेपाली दूतावास

हिमाल प्रेस ५ फागुन २०८१ १८:१७ | Monday, February 17, 2025
ओडिसामा नेपाली विद्यार्थीको कक्षा र छात्रावास व्यवस्था गर्न विश्वविद्यालय तयार : नेपाली दूतावास तस्बिर : ओडिसा टीभी डट इन

काठमाडौँ- भारतीय राज्य ओडिसास्थित कलिङा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालन एवं छात्रावासको व्यवस्था गर्ने जनाएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीको सुरक्षाका लागि गरेको पहलपछि विश्वविद्यालयले यस्तो बताएको हो।

‘यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,’ दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विश्वविद्यालयले बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युसम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको दूतावासले जनाएको छ।

यो घटनाका सम्बन्धमा नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं ओडिसाका मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै दूतावासले ती निकायहरूबाट आवश्यक सहयोग प्राप्त भइरहेको जनाएको छ।

प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकहरूलाई केही समस्या भए दूतावासको ईमेल वा हटलाइन नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

ओडिसामा नेपाली विद्यार्थीको ‘आत्महत्या’, नेपाल फर्काइए ५०० विद्यार्थी

प्रकाशित: ५ फागुन २०८१ १८:१७ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast