एक हजार नेपाली कामदार इजरायल प्रस्थान गर्न तयार

हिमाल प्रेस २ फागुन २०८१ १५:४४ | Friday, February 14, 2025
एक हजार नेपाली कामदार इजरायल प्रस्थान गर्न तयार नेपाली कामदारको भिसा जारी गर्दै इजरायली राजदूत।

काठमाडौँ- नेपालबाट एक हजार कामदार इजरायल जाने भएका छन्। पहिलो चरणमा हेरचाह क्षेत्र (केयरगिभर) मा कार्यरत एक हजार नेपाली कामदार इजरायल जान लागेका हुन्।

इजरायल जाने पहिलो एक सय कामदारहरूको भिसा प्रक्रिया पूरा भइसकेको र बाँकी कामदारको प्रक्रिया पनि क्रमशः अगाडि बढिरहेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ।

गत अगस्त महिनामा इजरायलको जेरुसेलमस्थि जनसंख्या तथा आप्रवासन प्राधिकरण कार्यालयमा आयोजित एक लाइभ लटरी प्रक्रियामार्फत एक हजार १५६ महिला र ९५६ पुरुषसहित कुल २ हजार ११२ जना चयन गरिएका थिए। बाँकी रहेका एक हजार ११२ जना कामदारको भिसा प्रक्रिया अगाडि बढाइएको हो।

यी कामदारहरू इजरायलका दीर्घकालीन हेरचाह (ज्येष्ठ नागरिक गृह तथा वृद्ध हेरचाह) केन्द्रहरूमा काम गर्नेछन्। यो प्रक्रिया नेपाल र इजरायल सरकारबीच सन् २०२० मा हस्ताक्षर भएको ‘जी टू जी’ सम्झौताअनुसार अगाडि बढाइएको दूतावासले जनाएको छ।

प्रकाशित: २ फागुन २०८१ १५:४४ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast