उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

हिमाल प्रेस २ फागुन २०८१ १९:३६ | Friday, February 14, 2025
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी तस्बिरः दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय।

काठमाडौँ– उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरु बैठकमा सहभागी छन्।

बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। यसअघि यसै साता दुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको थियो।

प्रकाशित: २ फागुन २०८१ १९:३६ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast