इजिप्टमा भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु

हिमाल प्रेस ५ फागुन २०८१ १९:५८ | Monday, February 17, 2025
इजिप्टमा भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु तस्बिर: एपी।

कायरो (रासस/सिन्ह्वा)- इजिप्टको गिजा प्रान्तमा सोमबार एउटा भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। साथै अन्य तीन जना घाइते भएका छन्। गीजा पिरामिड नजिकै केरडासा क्षेत्रमा रहेको तीनतले भवनको दोस्रो तल्लामा विस्फोट भएको हो।

घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा सारिएको छ। विष्फोटका कारण लागेको आगोलाई नागरिक सुरक्षा बलले निभाएको समाचारमा जनाइएको छ।

ग्यास चुहिएर विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रकाशित: ५ फागुन २०८१ १९:५८ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast