इँगिहोपोको निर्देशनमा मञ्चन हुँदै ‘जून त लग्यो ताराले’

हिमाल प्रेस ८ फागुन २०८१ १०:४३ | Thursday, February 20, 2025
इँगिहोपोको निर्देशनमा मञ्चन हुँदै ‘जून त लग्यो ताराले’

काठमाडाैँ- रंगकर्मी इँगिहोपो कोँइच सुनुवारको लेखन, परिकल्पना र निर्देशनमा यही फागुन १० देखि नाटक ‘जून त लग्यो ताराले’ मञ्चन हुँदैछ। नाटक थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुन लागेको हो।

नाटकमा बाध्यता, रहर अनि सपनाहरुले एक्लो बनाइरहेको नेपाली समाजको कथा प्रस्तुत गरेको निर्देशक सुनुवारले बताए। उनले भने, ‘बाध्यता, रहर अनि सपनाहरुले नेपाली समाजलाई एक्लो बनाइरहेछ। नाटक ती छुटिगएका एक्लो सम्बन्धहरुको कथा हो। छुटेका त्यही एक्लो मनहरुले स्नेह, माया, साथ, विश्वास, महसुस, न्यानोपन खोजिरहेछ भन्ने भाव नाटकमा प्रस्तुत गरेका छौँ।’

नाटकमा मण्डला थिएटरको ल्याब १६ का प्रशिक्षार्थीले अभिनय गरेका छन्। प्रशिक्षार्थीहरुमा उपाश्ना तामाङ, अन्जना राई, मिरा पण्डित, विनोद राहुँ मगर, मेनुका माझी, बद्रि प्रसाद तिवारी, प्रतिमा तामाङ, प्रगति खरेल, प्रिन्स रिजाल, अमिर ताम्राकार, संजीव महर्जन, साईरस विश्वकर्मा, रेज्मी राई, विप्लव लोहनी, राजीव बोहरा, प्रेम देव विश्वकर्मा, विजया अधिकारी, अग्नि सुवेदी, रोजेन सुन्दास, अविनास डि मगर र ईन्द्र राई छन्। नाटकमा सागर खाती कामी (पिलो प्लानर) को शब्द र संगीत रहनेछ।

फागुन १८ सम्म मञ्चन हुने भनिएको नाटक साेमबारबाहेक प्रत्येक दिन अपरान्ह ४ बजे मञ्चन हुनेछ।

प्रकाशित: ८ फागुन २०८१ १०:४३ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast