आन्दोलनबारे शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी दिँदै शिक्षक महासंघ

हिमाल प्रेस ८ फागुन २०८१ १२:२३ | Thursday, February 20, 2025
आन्दोलनबारे शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी दिँदै शिक्षक महासंघ नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदी।

काठमाडौँ- नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमितिले शुक्रबार आन्दोलनबारे सबै शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी दिने भएको छ।

शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक–२०८० लाई संसद्को जारी अधिवेशनबाट ऐनको रुप दिन माग गरेको छ। त्यसैको दबाबका लागि महासंघले गत माघ २० गते देशव्यापी चरणबद्ध आन्दोलन सुरु गरेको थियो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एकाइलाई बुझाउने ध्यानाकर्षण तथा जानकारीपत्रबारे जिल्ला कार्यसमितिलाई जानकारी गराएका छन्।

 

प्रकाशित: ८ फागुन २०८१ १२:२३ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast