आजदेखि हलमा ‘दुखी आत्मा’ र ‘रंगी’

हिमाल प्रेस २ फागुन २०८१ ८:०६ | Friday, February 14, 2025
आजदेखि हलमा ‘दुखी आत्मा’ र ‘रंगी’

काठमाडौँ- आजदेखि हलमा दुईटा नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। ती फिल्म हुन् ‘दुखी आत्मा’ र ‘रंगी’। ‘दुखी आत्मा’ दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म हो भने ‘रंगी’का निर्देशक सुरेश न्यौपाने हुन्।

दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको ‘दुखी आत्मा’ यौन शिक्षाको विषयमा निर्माण भएको फिल्म हो। टिजर, ट्रेलर र ब्रेकअप कवितामार्फत निर्देशक लामाले नै लेखेका हुन्। हिमाल कडरियाको निर्माण रहेको फिल्मका सुदिप ढकाल कार्यकारी निर्माता हुन्।

फिल्ममा दयाहाङ र आँचल, अनुप विक्रम शाही, बुद्धि तामाङ, रियर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधरलगायतका कलाकारको अभिनय छ। क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्मले यौनमा कमजोर रहेको एक पुरुषको कथा भन्ने बताइएको छ।

फिल्म ‘रंगी’ बाबु र छोरीको भावनात्मक कथामा निर्माण भएको हो। यो फिल्ममा सलोन बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ। फिल्म अभिनेता सलोनले नै बनाएका हुन्। सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म सुरेश न्यौपानेले निर्देशन गरेका हुन्।

सुरेशको यो निर्देशनमा डेब्यु फिल्म हो। सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनीश गौतम निर्माता रहेको फिल्ममा सलोन र नम्रताको अलवा मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ।

सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले मिलेर वितरण गरेको हो।

प्रकाशित: २ फागुन २०८१ ८:०६ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast