आउँदो निर्वाचनमा गठबन्धन गर्न कांग्रेस र एमालेलाई प्रचण्डको चुनौती

हिमाल प्रेस ९ फागुन २०८१ १५:३८ | Friday, February 21, 2025
आउँदो निर्वाचनमा गठबन्धन गर्न कांग्रेस र एमालेलाई प्रचण्डको चुनौती पोखरामा शुक्रबार तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला उद्घाटन समारोहमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'।

पोखरा- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौती दिएका छन्। पोखरामा शुक्रबार आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला उद्घाटन गर्दै प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले भने, ‘अहिले कांग्रेस र एमालेको गठबन्धन छ। उपनिर्वाचनमा पनि कांग्रेस-एमालेबीच गठबन्धन गरियो। उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन्। म चाहन्छु- उनीहरू मिलून्। हामी एक्लै जनतामा जान्छौँ। हामी जनताको तागतमा विश्वास गर्छौँ।’

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नसक्ने दाबी गरे। ‘संविधान निर्माणको बेला हामीले केही रिजर्भेसन राखेका छौँ। संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ। तर कसका लागि, कसको पक्षमा? यो महत्वपूर्ण प्रश्न हो। हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीका पक्षमा छौँ। यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ’, उनले भने।

 

प्रकाशित: ९ फागुन २०८१ १५:३८ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast