अमेरिकी सहयोगबारे सरकारले प्रतिवेदन बनाउनुपर्छ : बाँस्कोटा

हिमाल प्रेस ११ फागुन २०८१ १७:३७ | Sunday, February 23, 2025
अमेरिकी सहयोगबारे सरकारले प्रतिवेदन बनाउनुपर्छ : बाँस्कोटा निवर्तमान प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा

काठमाडौँ- नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट विभिन्न शीर्षकमा आएका सहयोगबारे सरकारले प्रतिवेदन बनाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले अमेरिकाले नेपाललाई आफ्ना ऐजेन्सी, दूतावास, सरकारमार्फत आएको सहयोगबारे सरकारले प्रतिवेदन बनाउनुपर्ने बताएका हुन्।

‘अमेरिकाबाट के कति सहयोग आएका छन्, अहिले ती सहयोगको अवस्थाबारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। नेपालको अन्तर्राष्ट्रिय छवि र राष्ट्रिय भावनामा चोट पु¥याउने काम कहिँकतैबाट हुनु हुँदेन,’ सांसद बाँस्कोटाले भने,‘नेपालले अमेरिकी सहयोगका सन्दर्भमा ठगी गरेको हो वा उहाँहरूले गर्नुभएको हो? सोबारे स्पष्ट हुनु जरूरी छ।’

उनले अहिलेको अवस्थाबाट नेपालले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएकोमा जोड दिए। नेपालले कुन सहयोग लिने वा कुन सहयोग नलिने विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: ११ फागुन २०८१ १७:३७ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast