अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : लगातार दोस्रो जितको खोजीमा नेपाल, हार टार्ने योजनामा लेबनान

हिमाल प्रेस ८ फागुन २०८१ ६:३० | Thursday, February 20, 2025
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : लगातार दोस्रो जितको खोजीमा नेपाल, हार टार्ने योजनामा लेबनान

काठमाडौँ- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र लेबनान भिड्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। पहिलो खेलमा किर्गिस्तानलाई १-० ले हराएको नेपाली टोली आजको खेलमा पनि सोही नतिजा दोहोर्‍याउने योजनामा छ।

नेपाली टोली लगातार दोस्रो जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ। उता पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित लेबनान पहिलो जितको खोजीमा हुनेछ। लेबनान नेपाललाई हराउँदै फाइनल खेल्ने सम्भावना कायम राख्न चाहन्छ।

महिला फुटबलमा नेपाल र लेबनान एक वर्षको अन्तरालमा दोस्रोपटक भिड्न लागेका हुन्। यी दुई टोलीबीच गत वर्षको फागुनमा साउदीमा भएको वाफ महिला च्याम्पियनसिपमा भेट भएको थियो।

वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले हराएको थियो।लेबनान आजको खेलमा त्यो हारको बदला लिँदै नेपाललाई घरेलु मैदानमै स्तब्ध पार्न चाहन्छ।

प्रतियोगिताको पहिलो खेल जितेको म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा छन्। अंक तालिकामा समान ३ अंक भए पनि गोल अन्तरमा नेपाल पछि परेको हो।

अंकविहीन किर्गिस्तान तेस्रो र लेबनान अंक तालिकाको पुछारमा छन्। प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरू दिनको २ र साँझको ६ बजे खेलिनेछ।

प्रकाशित: ८ फागुन २०८१ ६:३० | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast