अध्यादेश पारित गर्न संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री

हिमाल प्रेस २७ माघ २०८१ १५:०९ | Sunday, February 9, 2025
अध्यादेश पारित गर्न संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन्।

अध्यादेश पास गर्नका लागि सत्तापक्षको संख्या पुग्ने वा नगपुग्ने भन्ने सम्बन्धमा आइतबार संघीय संसद् भवन परिसरमा सोधिएको प्रश्नबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद्को संख्या गन्ने बेला आइनसकेको बताए।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छवटा अध्यादेश जारी गरेको थियो। संसद् नियमावलीअनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ।

प्रकाशित: २७ माघ २०८१ १५:०९ | Sunday, February 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast