अध्यादेश पारित गर्न कुनै समस्या छैन : गृहमन्त्री

हिमाल प्रेस २८ माघ २०८१ २०:५३ | Monday, February 10, 2025
अध्यादेश पारित गर्न कुनै समस्या छैन : गृहमन्त्री गृहमन्त्री रमेश लेखक,फाइल तस्बिर।

कैलाली– गृहमन्त्री रमेश लेखकले सरकारका काम कारबाहीलाई गति दिन अध्यादेश जारी गरेको बताएका छन्।

सोमबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले अध्यादेश उपयुक्त समयमा संसद्मा पेस गरी पास हुने बताए।

अध्यादेश पारित गर्न कुनै समस्या नरहेको उनको भनाइ थियो। उनले सरकार दुई दलको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म अघि बढ्ने बताए।

गृहमन्त्री लेखकले नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारे।

उहाँले भने, ‘व्यक्तिगत रुपमा कुन नेताले कहाँ के बोल्छन त्यो राजनीतिक कुरा हो, तर सत्ता सञ्चालनमा कुनै समस्या छैन।’

प्रकाशित: २८ माघ २०८१ २०:५३ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast