अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

हिमाल प्रेस १४ फागुन २०८१ २०:५७ | Wednesday, February 26, 2025
अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु दुवैमा असहमति जनाएको छ।

पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बुधबार बसेको बैठकले अध्यादेशहरू त्रुटिपूर्ण रहेकाले संसद्मा निर्णयार्थ पेस भए विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावहरूलाई समेटी तात्कालीक कार्ययोजना र अन्य दस्तावेज टुंग्याउन महासचिव घनश्याम भुसालको नेतृत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको बैठकले पार्टीका आगामी कार्यक्रम, नीति तथा योजना एकताबद्ध भएर अघि बढाउने निर्णय गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजनामा छलफल गरेको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल गरेको थियो।

बैठकमा पार्टी नियमावली, विनियम, निर्देशिका अनुसार सदस्य विस्तार तथा संगठन देशभर सुदृढीकरण गर्ने विषयमा छलफल गरिएको थियो।

प्रकाशित: १४ फागुन २०८१ २०:५७ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast