अझै छ हिमपात हुने सम्भावाना

हिमाल प्रेस १ फागुन २०८१ ६:१६ | Thursday, February 13, 2025
अझै छ हिमपात हुने सम्भावाना फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ।

कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका केही भूभागहरूमा हुस्सुकुहिरो लाग्ने सम्भावना रहेको छ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रकाशित: १ फागुन २०८१ ६:१६ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast