सात महिनामा साढे ४ लाखभन्दा बढी युवाले छाडे देश

हिमाल प्रेस ५ फागुन २०८१ १०:३१ | Monday, February 17, 2025
सात महिनामा साढे ४ लाखभन्दा बढी युवाले छाडे देश

काठमाडौँ-  चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा ४ लाख ६३ हजार एक सय पाँच युवाले रोजगारीका लागि देश छाडेका छन्। वैदेशिक रोजगार विभागका अनुसार ती युवा विभिन्न मुलुकमा रोजगारीका लागि पुगेका हुन्। यसरी देश छाड्नेमा माघमा ७२ हजार छन्।

साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५,  कात्तिकमा ७० हजार ९५०, मंसिरमा ८४ हजार २२६, पुसमा ६५ हजार ३ सय ३६ र माघमा ७२ हजार जना युवा रोजगारीका लागि विदेश गएको विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए।

उनका अनुसार माघमा दैनिक औसतमा दुई हजार चार सय नेपाली वैदेशिक रोजगारीमा गएका छन्। माघमा रोजगारीको खोजीमा नेपाली युवा ९८ देश गएको निर्देशक  भुसालले जानकारी दिए। माघमा सबैभन्दा बढी नेपाली यूएई, कतार र साउदी गएका छन्।

भुसालले भने, ‘चालु आर्थिक वर्षको सात महिनाको तथ्यांक हेर्ने हो भने औसतमा दैनिक दुई हजार दुई सय तीन र मासिक  ६६ हजार ९२ जना विदेश गएको देखिन्छ।’ उनका अनुसार चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या हालसम्मकै उच्च हो।

गत आर्थिक वर्षको पहिलो ७ महिनामा ४ लाख ५ हजार युवाले विदेश काम गर्न जान श्रम स्वीकृति लिएका थिए। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा ५७ हजारभन्दा धेरै वैदेशिक रोजगारीमा गएका छन्। चालु आर्थिक वर्षमा करिब आठ लाख युवा वैदेशिक रोजगारीमा जाने विभागको अनुमान छ। वैदेशिक रोजगारीमा नेपाली कामदार खाडीका देश र युरोपेली मुलुक गइरहेका छन्।

प्रकाशित: ५ फागुन २०८१ १०:३१ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast