‘मायावी’ को ट्रेलरमा प्रेम र त्यागको कथा

हिमाल प्रेस १ फागुन २०८१ १३:३० | Thursday, February 13, 2025
‘मायावी’ को ट्रेलरमा प्रेम र त्यागको कथा

काठमाडौँ- फिल्म ‘मायावी’ को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट ७ सेकेन्डको ट्रेलरमा प्रेम र त्यागको कथा प्रस्तुत गरिएको छ। मुख्य भूमिकामा छन्, दीपिका प्रसाईं र पल शाह।

दिवाकर भट्टराई निर्देशित फिल्म यही फागुन १४ देखि प्रदर्शन हुनेछ। निर्देशक दिवाकरले नै फिल्मको कथा, पटकथा लेखेका छन्।

फिल्ममा प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौड्याल, रवि डंगोललगायत कलाकारको अभिनय छ।

क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा बनेको फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तले लगानी गरेका छन्।

प्रकाशित: १ फागुन २०८१ १३:३० | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast