‘अध्यादेशबाट देश चलाउन हुन्न’

हिमाल प्रेस २९ माघ २०८१ २१:२७ | Tuesday, February 11, 2025
‘अध्यादेशबाट देश चलाउन हुन्न’ फाइल तस्बिर

राजविराज– नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेशबाट देश चलाउन नहुने बताएका छन्।

समाजवादी प्रेस संगठन नेपाल सप्तरीद्वारा मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री खनालले भने, ‘दुई ठूला दलको बहुमत भए पनि नियमित रूपमा ऐन कानुन बनाउनुका साटो अध्यादेशको बाटो रोज्नु गलत छ, यसरी देश चलाउन हुन्न।’

आगामी दिनमा बाम गठबन्धन हुने/नहुने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले अहिलेको अवस्थामा त्यस्तो सम्भावना न्यून रहेको बताए।

प्रकाशित: २९ माघ २०८१ २१:२७ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast