बढ्यो पेट्रोलियम पदार्थको मूल्य

हिमाल प्रेस १८ माघ २०८१ २०:५७
10
SHARES
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट बढेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ बढाइएको छ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका प्रतिकिलोलिटर अमेरिकी डलर ४३ का दरले बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभेन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

एलपी ग्यासको मूल्य यथावत राखिएको छ। नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

 

 

प्रकाशित: १८ माघ २०८१ २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast