बुढासुब्बा गोल्डकपको तयारी पूरा, पहिलो खेल चर्च ब्वाइज र पुलिस क्लबबीच हुने

हिमाल प्रेस १७ माघ २०८१ १८:१४
10
SHARES
बुढासुब्बा गोल्डकपको तयारी पूरा, पहिलो खेल चर्च ब्वाइज र पुलिस क्लबबीच हुने

धरान (सुनसरी)- अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करणको तयारी पूरा भएको छ। आज (बिहीबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले यही माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए।

धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा आयोजना हुने प्रतियोगितामा १० वटा क्लब सहभागी रहनेछन्। माघ १९ गते पहिलो खेल लिग च्याम्पियन चर्च ब्वाइज क्लब र पुलिस क्लबबीच हुने अध्यक्ष तामाङले बताए।

प्रतियोगितामा एनआरटी क्लब काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युके एफसी भारत, मच्छिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउने छन्। उत्कृष्ट खेलाडीले नगद एक लाख र प्रत्येक खेलको प्लेयर अप द म्याचले १५ हजार सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने क्लबका महासचिव नविन राईले बताए।

प्रतियोगितामा विजेताले पाउने १० लाख पुरस्कार धरान बहराइन एकता समाज धरान समाज युकेले प्रदान गर्ने भएको छ। उपविजेताले पाउने पाँच लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहेका अरुण राईले प्रदान गर्ने जनाइएको छ।

गत वर्षको संस्करण एनआरटी क्लब काठमाडौँले जितेको थियो भने जिल्ला फुटबल संघ मोरङ उपविजेता भएको थियो।

प्रकाशित: १७ माघ २०८१ १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast