काठमाडौँ- नइ प्रकाशनले तीन वर्षदेखि १५ वर्षसम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बिहीबार बसेको नइ प्रकाशनको बैठकले यो निर्णय गरेको हो।
नइ देरुनीखपू पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, सङ्गीततर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन र खेलकुदतर्फ सुप्रिया ऐर छन्।
ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपैयाँ रहेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।
त्यस्तै ताम्रपत्रसहित पाँच हजार रूपैयाँ राशिको ‘नइ चिचिला पुरस्कार’ तीन वर्षकी मानशी भण्डारीलाई प्रदान गरिने भएको छ।
प्रकाशित: १७ माघ २०८१ १६:११
प्रतिक्रिया