सिंहदरबारमा मधेश केन्द्रित दलहरूको बैठक

हिमाल प्रेस १७ माघ २०८१ १५:५६
10
SHARES
सिंहदरबारमा मधेश केन्द्रित दलहरूको बैठक

काठमाडौँ- मोर्चा बनाउने गृहकार्यमा जुटेका मधेश केन्द्रित राजनीतिक दलहरूको बैठक सुरू भएको छ। सिंहदरबारमा मधेश केन्द्रित राजनीतिक दलहरूको बैठक सुरू भएको हो।

सरकारले संविधान संशोधनको चर्चा सुरू गरेसँगै मधेश केन्द्रित राजनीतिक दलहरू मोर्चा बनाउने गृहकार्यमा जुटेका हुन्।

मधेशका मुद्दामा एकजुट भएर आवाज उठाउने उद्देश्यले मोर्चा निर्माणको प्रयासस्वरूप आठ राजनीतिक दलको बैठक बोलाइएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिएका छन्।

मोर्चा निर्माणमा सहमति जुटाउन र खाका तयार पार्न सबै राजनीतिक दलहरू कार्यदल गठन गरेका छन्। यसअघि मधेश केन्द्रित दलहरूको संयुक्त बैठक माघ १ गते बसेको थियो।

बिहीबारको बैठकमा जसपाकी रेणु यादव, जनमत पार्टीका शरदसिंह यादव, जसपा नेपालका राजकिशोर यादव, रामकुमार शर्मा र मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका लालबिर चौधरी, गंगा चौधरी, लोसपाका सवेन्द्रनाथ शुक्ल, लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीका रामनरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी, शिवजी यादव, सब्बिर हुसैन र तमलोपाका वृषेशचन्द्र लाल र डा.विजयकुमार सिंह सहभागी छन्।

प्रकाशित: १७ माघ २०८१ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast