अमेरिकामा विमान दुर्घटना : १९ जनाको शव भेटियो

हिमाल प्रेस १७ माघ २०८१ १४:१०
6
SHARES
अमेरिकामा विमान दुर्घटना : १९ जनाको शव भेटियो अमेरिकाको वासिङ्टन डीसीको पोटोम्याक नदीमा खसेको विमान। तस्बिर : एएफपी/रासस

काठमाडौँ- अमेरिकी एयरलाइन्सको क्षेत्रीय यात्रुवाहक विमान वासिङ्टन डीसीको पोटोम्याक नदीमा खस्दा कम्तीमा १९ जनाको निधन भएको छ। रेगन नेसनल एयरपोर्ट नजिकै बुधबार अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग आकाशमा ठोक्किएपछि विमान नदीमा खस्दा जनाको १९ जनाको मृत्यु भएको अनुसन्धान अधिकारीहरूलाई उधृत गर्दै  बीबीसीले जनाएको छ।

अमेरिकन इगल उडान ५३४२ विमानमा ६० यात्रु र चालक दलका चारजनासहित ६४ जना थिए। हेलिकप्टरमा तीन सैनिक सवार थिए। विमान टुक्राटुक्रा भएकाले दुर्घटनाका जीवित उद्धारका प्रयासहरू निराशाजनक बन्दै गइरहेको सीएनएनले उल्लेख गरेको छ। उद्धारकर्ताहरूले एकको दुई ब्ल्याक बक्समध्ये एक फेला पारेको जनाइएको छ।

दुर्घटनापछि वासिङ्टन डीसीको रोनाल्ड रेगन नेसनल एयरपोर्टमा सबै उडानहरू रोकिएका छन्।  टेक्सासका सिनेटर टेड क्रुजले सामाजिक सञ्जालमा दुर्घटनामा धेरैको मृत्यु भएको उल्लेख गरेका छन्। तर कति जनाको मृत्यु भएको हो भन्ने खुलाएका छैनन्। वासिङ्टन प्रहरीले पोटोम्याक नदीमा खोज र उद्धार कार्य जारी रहेको जनाएको छ। उद्धारकर्ताहरू नदीमा उद्धार कार्यमा जुटिरहेका छन् भने अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

डीसीका मेयर म्युरियल बाउजरले पत्रकारहरूसँग घटनालाई ‘अत्यन्त दुःखद’ भनेकी छन्। वासिङ्टन महानगर क्षेत्रभरका आपत्‌कालीन उद्धारकर्ताहरू ‘एकदमै अँध्यारो र चिसो वातावरणमा’ उद्धार अभियान सञ्चालन गर्न कठिन परिश्रम गरिरहेकको उनले बताइन्। बाउजरका अनुसार अमेरिकन एयरलाइन्सका अधिकारीहरू विमानस्थलमा उपस्थित छन् र पीडित परिवारहरूसँग कुराकानी गरिरहेका छन्।

विमानमा केही स्केटिङ खेलाडी रहेको अमेरिकी आइस स्केटिङले एक वक्तव्यमा पुष्टि गरेको छ। ‘यी एथलिटहरू, प्रशिक्षकहरू र परिवारका सदस्यहरू अमेरिकी स्केटिङ च्याम्पियनसिपसँग संलग्न नेसनल डेभलपमेन्ट क्याम्पबाट घर फर्किरहेका थिए, जुन विचिटा, क्यान्ससमा आयोजना भएको थियो,’ वक्तव्यमा उल्लेख छ।

ठक्कर स्थानीय समयअनुसार राति ९ बजे रेगन वासिङ्टन नेसनल एयरपोर्टको ‘रनवे ३३’ मा अवतरणका क्रममा भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो ‘भयानक दुर्घटना’ को जानकारी लिएको बताएका छन्। उनले उद्धारकर्ताहरूको ‘असाधारण कार्य’ को प्रशंसा गरेका छन्। दुर्घटनालाई वासिङ्टन डीसीमा दशकौँ यताकै सबैभन्दा घातक आपत्कालीन घटना हुनसक्ने आशंका गरिएको छ। १९८२ मा एयर फ्लोरिडा फ्लाइट ९० अरलिङ्टन, भर्जिनिया र वासिङ्टन डीसी जोड्ने १४औँ स्ट्रिट ब्रिजमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।

प्रकाशित: १७ माघ २०८१ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast