नेदरल्यान्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

हिमाल प्रेस १७ माघ २०८१ १३:५०
6
SHARES
नेदरल्यान्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

काठमाडौँ- महिला त्रिदेशीय टी २० क्रिकेट शृंखलामा नेदरल्यान्डसले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५७ रन बनाएको हो।

नेदरल्यान्ड्सका रोबिन राइकेले अर्धशतकीय पारी खेलिन्। उनले ४८ बलमा ८ चौका प्रहार गर्दै ५९ रन जोडिन्। ओपनर फेबे मोल्केनबोयर शून्यमा आउट हुँदा स्टेरे कालिस र कप्तान बाबेट डे लीडेले क्रिज सम्हालेका थिए। कालिसले २९ रन बनाउँदा लीडेले ६ रनमै आउट भइन्।

हेदर सिगर्सले २३ रन जोड्दा आइरिस जुइलिङ ३१ रनमा अविजित रहिन्। नेपालका लागि ईश्वरी विष्ट, सीता राना मगर, कविता कुँवर र पूजा महतोले एक/एक विकेट लिइन्।

प्रकाशित: १७ माघ २०८१ १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast