प्रमोद साहले त्यागे जसपा नेपाल

हिमाल प्रेस १७ माघ २०८१ १३:४४
36
SHARES
प्रमोद साहले त्यागे जसपा नेपाल

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रमोद साहले पार्टी परित्याग गरेका छन्। सर्लाही-१ बाट निर्वाचित पूर्वप्रतिनिधिसभा सदस्यसमेत रहेका साहले बिहीबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

साहद्वारा जारी प्रेस विज्ञप्तिमा उनले आफू अब पार्टीको साधारणसदस्य समेत नरहेको उल्लेख गरेका छन्।

साहले सर्लाहीमा पार्टीको संगठन विस्तारको कार्य अवरुद्ध हुँदै गएकोबारे केन्द्रीय अध्यक्ष, प्रदेश अध्यक्ष एवं प्रदेश इन्चार्जहरूलाई बारम्बार जानकारी गराउँदा पनि कुनै सुनवाइ नभएको विज्ञप्तिमा उल्लेख गर्दै नेतृत्वले मधेश राजनीतिको मूलभूत सिद्धान्त र मूल्यमान्यतालाई समेत बिर्सदै गएकोले पाटी परित्याग गरेको बताएका छन्।

उनले लेखेका छन्, ‘आज मिति २०८१/१०/१७ गते बाट आफूले सम्हाल्दै आएको केन्द्रीय सदस्य, संगठन विभाग र पार्टीको सधारण सदस्य समेतबाट २७ वर्षको मधेशकेन्द्रित राजनीतिको लामो यात्रा पश्चात् पहिलोपल्ट राजीनामा गर्दछु।’

प्रकाशित: १७ माघ २०८१ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast