काठमाडौँका यी क्षेत्रमा आज पनि विद्युत् कटौती हुने

हिमाल प्रेस १७ माघ २०८१ ६:४८
12
SHARES
काठमाडौँका यी क्षेत्रमा आज पनि विद्युत् कटौती हुने प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकाका केही स्थानमा बिहीबार र शुक्रबार पाँच घण्टा विद्युत् कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आज शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

शुक्रबार केएमसी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बिजुली नआउने प्राधिकरणले बताएको छ।

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १७ माघ २०८१ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast