बंगलादेश : अवामी लिगद्वारा आमहड्ताल र नाकाबन्दीको आह्वान

हिमाल प्रेस १६ माघ २०८१ १८:२०
8
SHARES
बंगलादेश : अवामी लिगद्वारा आमहड्ताल र नाकाबन्दीको आह्वान

काठमाडौँ– बंगलादेशको अवामी लिगले शेख हसिनाविरुद्ध लगाइएका ‘झुटा मुद्दा’ र देशमा धार्मिक अल्पसंख्यकमाथि भइरहेको उत्पीडनको विरोधमा आमहडताल र राष्ट्रव्यापी नाकाबन्दीलगायतका राजनीतिक कार्यक्रमको घोषणा गरेको छ।

अवामी लिगले विज्ञप्ति जारी गर्दै आफ्नो आगामी आन्दोलनको कार्यक्रम र मागको खाका प्रस्तुत गर्दै यदि अधिकारीहरूले उनीहरूको गतिविधिमा बाधा पुर्‍याउने प्रयास गरे कडा कदम चाल्ने बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रमहरू निम्नानुसार सञ्चालन गरिनेछ : शनिबार (फेब्रुअरी १) देखि बुधवार (फेब्रुअरी ५) सम्म पार्टी सदस्यहरूले पर्चाहरू वितरण गर्नेछन् भने बिहीबार विरोध प्रदर्शन र जुलुस निकालिनेछ। फेब्रुअरी १० मा दोस्रो विरोध प्रदर्शन तथा जुलुश गर्ने र फेब्रुअरी १६ मा पार्टीले देशव्यापी नाकाबन्दी गर्नेछ। फेब्रुअरी १८ मा बिहानैदेखि साँझसम्म आम हडताल गरिनेछ।’

देशका जनताको राजनीतिक र लोकतान्त्रिक अधिकार प्राप्तिका लागि यी कार्यक्रमहरूमा कुनै प्रकारको अवरोध आएमा थप कडा कार्यक्रम घोषणा गरिने अवामी लिगले चेतावनी दिएको छ।

मुख्यतया शेख हसिनाविरुद्ध लगाइएका कानुनी मुद्दाहरू फिर्ता लिन माग गर्दै पार्टीको विरोध प्रदर्शन घोषणा गरिएको हो।

आन्दोलनका कार्यक्रममा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर गरिएको ‘झूट्टा हत्या मुद्दा’, र ‘अवैध आईसीटी न्यायाधिकरणलगायत सबै प्रकारका गैरकानुनी’ मुद्दाहरू खारेज गर्न भनिएको छ।

यसबाहेक, अवामी लिगले विशेष गरी ‘हिन्दू–बौद्ध–इसाईहरू सहित धार्मिक अल्पसंख्यकहरूको आक्रमण र नरसंहार र विभिन्न धार्मिक तीर्थस्थलहरूमा आक्रमण र तोडफोड’ लाई संकेत गर्दै आफ्नो आन्दोलनलाई बंगलादेशमा धार्मिक अल्पसंख्यकहरूको हिंसा र उत्पीडनको प्रतिक्रियाको रूपमा तयार पारेको बताएको छ।

अवामी लिगले वर्तमान् प्रशासनद्वारा भइरहेका भनिएका हत्या रोक्न र सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न पनि माग गरेको छ।

गत अगस्ट ५ मा शेख हसिनालाई सत्ताच्युत गरेपछि अवामी लिगको यो पहिलो ठूलो सडक आन्दोलन हो। यद्यपि, अवामी लिगले यी विरोध प्रदर्शनहरू कार्यान्वयन गर्न चुनौतीहरूको सामना गरिरहेको छ। आवामी लिगका धेरै नेता र कार्यकर्ताहरू कानुनी कारबाही र लक्षित आक्रमणको डरका कारण हाल देशभित्र वा विदेशमा विस्थापित बनेका छन्।

सदस्यहरूको ठूलो संख्या विस्थापित बनेको अवस्थामा घोषित प्रदर्शनहरूमा सहभागिता र तिनीहरूको प्रभावकारिता अनिश्चित छ। -रासस/एएनआई

प्रकाशित: १६ माघ २०८१ १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast