काठमाडौँ- महाशिवरात्रि तथा सेना दिवसको सन्दर्भमा नेपाली सेनाको मुख्यालय जंगीअड्डामा ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८१’ प्रदर्शनी भएको छ।
यही माघ १८ गतेसम्म चल्ने सो प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरण राखिएका छन्।
सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयको विविध प्रस्तुति राखिएको छ।
उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
नेपाली सेनाका शान्ति सुरक्षा, विकास निर्माण, प्रकृति संरक्षण, विपद् प्रतिकार्य र विश्व शान्तिलगायत विभिन्न युनिट कार्यजिम्मेवारीबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।