काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्ने बाटातर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।
सहिद दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले महान् सहिदहरुको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने बाटोतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका हुन् ।
वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्यांकन गर्दै उक्त आकाक्षालाई साकार बनाउन हामी सबैले आ-आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यो दिवसले थप प्रेरणा प्रदान गर्ने राष्ट्रपति पौडेलको भनाइ छ।
प्रकाशित: १६ माघ २०८१ ६:५१
प्रतिक्रिया