बढ्यो डलर, हेर्नुहोस् कुवेती दिनारको भाउ?

हिमाल प्रेस १६ माघ २०८१ ६:१४
4
SHARES
बढ्यो डलर, हेर्नुहोस् कुवेती दिनारको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, पाउन्ड, युरो, अस्ट्रेलियन डलरसहितका मुद्रा भने आज सस्तिएका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७४ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४६ पैसा थियो।
त्यसैगरी आज युरो एकको खरिददर एक सय ४४ रुपैया ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १८ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८२ र बिक्रीदर ८७ रुपैयाँ २० पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ९८ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९३ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ६७ र बिक्रीदर चार सय ४९ रुपैयाँ ६२ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ २७ पैसा थियो।

प्रकाशित: १६ माघ २०८१ ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast