काठमाडौँ- नेकपा एकीकृत समाजवादीले जिल्ला र संघीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेको छ। सो पार्टीले गत असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनपछि नेताहरूको जिम्मेवारी बल्ल तोकेको हो ।
अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन ४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ संघीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका हुन्।
त्यस्तै एकीकृत समाजवादीले नेताहरूलाई विभागीयसहित मोर्चा तथा फाँटका प्रमुख उपप्रमुख र इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी तोकेको छ। विभागीय प्रमुखको जिम्मेवारी पदाधिकारी र पोलिटब्युरो सदस्यले पाएका छन् भने जिल्ला र निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरूले पाएका छन्।
युवा संघ इन्चार्जमा लक्ष्मण केसी, विद्यार्थी इन्चार्ज रामकुमारी झाँक्री रहेका छन्।
पार्टीले नेताहरूको जिम्मेवारी एक वर्षका लागि तोकेको जनाएको छ। निर्धारित विधि र मापदण्ड अनुरूप हरेक ४ महिनामा कार्यसम्पादन मूल्यांकन गर्दै कार्यसम्पादन मूल्यांकनका आधारमा जिम्मेवारी हेरफेर गर्ने सो पार्टीले जनाएको छ।