टाइगर कपमा महिलातर्फ पुलिस एलिमिनेटर राउन्ड प्रवेश

हिमाल प्रेस १५ माघ २०८१ १०:५९
16
SHARES
टाइगर कपमा महिलातर्फ पुलिस एलिमिनेटर राउन्ड प्रवेश

पोखरा- त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ एलिमिनेटर राउन्डमा प्रवेश गरेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस पराजित टिमबाट कुल ६ अंक जोड्दै शीर्षस्थानका साथ एलिमिनेटर राउन्डमा प्रवेश गरेको हो।

पुलिसले २५-१८, २५-२१ र २५-१९ सेटमा खेल जितेको हो। यसअघि पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डलाई ३-१ सेटले हराएको थियो।

आर्मी र ट्राभल इन्क्वारी एक खेलअगावै उपाधिबाट वञ्चित भएका छन्। पराजित टिमबाट अंकविहीन आर्मी र ट्राभल इन्क्वारीले प्रतिस्पर्धा गर्न बाँकी छ।

पुलिसले अब ‘जित्ने समूह’ अन्तर्गत तेस्रो हुने टिमसँग एलिमिनेटर खेल्नेछ। महिलातर्फ विजयी समूहमा आयोजक टाइगर ग्रुप, सशस्त्र प्रहरी बल एपीएफ र टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब छन्।

मंगलबार नै महिलातर्फ टिपटप न्यू डायमण्ड स्पाेर्ट्स क्लब र आयोजकबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ पहिलो खेलमा गण्डकी प्रदेश र एपीएफ तथा दोस्रो खेलमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १५ माघ २०८१ १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast