कांग्रेसको तराई-मधेश समन्वय विभागमा १० सदस्य मनोनयन

हिमाल प्रेस १४ माघ २०८१ १५:२०
8
SHARES
कांग्रेसको तराई-मधेश समन्वय विभागमा १० सदस्य मनोनयन कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई–मधेश समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन्।

सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेकी विभागमा आज १० सदस्य मनोनय गरेका हुन्।

मनोनयन भएका सदस्यमा बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहाका अरूणकुमार सिंह, रौतहटका रामकृपाल यादव, काठमाडौँका दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरी रहेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

विभागले तराई–मधेस क्षेत्रका पार्टी नेता, कार्यकर्ताबीच समन्वय गरी संगठन सुदृढीकरणमा सक्रिय हुने प्रमुख यादवले बताइन्।

प्रकाशित: १४ माघ २०८१ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast