काठमाडौँ- दोस्रो विश्वयुद्धका बेला भएको बीभत्स नरसंहार पुनः नदोहोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसंघ महासभाको प्रस्ताव ६०र७ ले २७ जनवरीलाई होलोकास्टका पीडितहरूको सम्झनामा वार्षिक अन्तर्राष्ट्रिय स्मृति दिवसको रूपमा तोकेको हो।
यो दिवस न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालय र विश्वभरका राष्ट्रसंघ कार्यालयहरूमा विविध कार्यक्रमका साथ मनाइन्छ। होलोकास्टमा ६० लाखभन्दा बढी यहुदी मारिएका थिए। यहाँस्थित इजरायली, संयुक्त राज्य अमेरिका र संघीय गणतन्त्र जर्मनीको राजदूतावासले आज यहाँ संयुक्तरूपमा स्मृतिसभा आयोजना गर्ने इजरायलका राजदूत श्मुलिक आरी बासले बताए।
प्रकाशित: १४ माघ २०८१ ८:४६
प्रतिक्रिया