श्रमिक कम्युनिस्ट पार्टी विघटन?

हिमाल प्रेस १४ माघ २०८१ ८:११
84
SHARES
श्रमिक कम्युनिस्ट पार्टी विघटन?

काठमाडौँ- नेपाली राजनीतिमा पार्टी फुट्ने र जुट्ने प्रक्रिया चलिरहन्छ। विशेषतः कम्युनिस्ट पार्टीमा एकता र विभाजन ‘अनिवार्य’ जस्तै बनेको छ। सामान्य तिक्तताले पनि पार्टी विभाजनसम्म पुगेको घटना छन्।

नेपाली राजनीतिमा अक्कलझुक्कल मात्र सुनिएको एउटा कम्युनिस्ट पार्टी भने केहीदिन अघि विघटित भएको छ। त्यो हो, श्रमिक कम्युनिष्ट पार्टी। गत वैशाखमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टी लगायत विभिन्न पार्टीबाट विद्रोह बनेको सोही पार्टी हालै विघटन गरिएको एक समूहले जनाएको छ।

क्रान्तिकारी माओवादीका सचिवालय सदस्य पूर्णबहादुर सिंहको नेतृत्वमा घोषणा भएको पार्टीले कम्युनिस्ट तथा श्रमजीवीको भावनाअनुसार काम गर्न नसकेको भन्दै पार्टी विघटन गरिएको दाबी राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमख लोकेश विश्वकर्माले गरेका छन्। विश्वकर्माले विज्ञप्तिमार्फत२५ जनाको हस्ताक्षर गराएर पार्टी विघटन भएको दाबी गरेका छन्।

यस्ता छन् कारण
उनीहरूले जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त उपलब्धि वास्तविक कम्युनिस्टबाहेक अरुले गर्न नसक्ने हुँदाहुँदै पनि विभिन्न आरोप लगाउँदै पार्टी बनाउने र पुरानै धन्दा चलाउने प्रवृत्ति हाबी भएको आरोप लगाएका छन्।

विज्ञप्ति जारी गर्नेमा विदेश विभाग प्रमुख विश्वकर्मासहित राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यहरु रणबहादुर विक, भिमसेन भट्ट, रोहित खत्री, वि एस पौडेल, ढुण्डिराज अधिकारी, विनोद भट्टराई, नवराज भुषाल, जितु तामाङ रहेका छन्।

त्यसैगरी, सल्लाहकार समिति संयोजक शैलेश श्रेष्ठ, शिक्षा विभाग सदस्य श्रीराम बन्जरा, युवा संगठन प्रमुख डायमण्ड सिम्खडा, नेवा काठमाडौं संयोजक उदयविर शाक्य, लेखा परीक्षण विभाग प्रमुख लक्ष्मण भुषाललगायत रहेका छन्।

‘श्रम गर्न नचाहने अनि चौतर्फी बाटा बन्द भएपछि कम्युनिष्ट पार्टीको आर्थिक रसिद बोकेर जीवन चलाउनु अमसक व्यक्ति वा संगठनको मामिला मात्र होइन, यो विचारको तहमा देखिएको गम्भीर विचलन हो,’ सो समुहले विज्ञप्ति मार्फत भनेको छन्।

कम्युनिष्ट भन्न चाहने बन्न नचाहने, क्रान्तिकारी देखिनुपर्ने तर हुनु नपर्ने जस्ता प्रवृत्तिको अन्त्य गर्न नसके जनविश्वास प्राप्त नहुने उनीहरुको जिकिर छ। श्रमजीवी वर्गको मुक्ति र वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्य बोकेको पार्टीको नेतृत्वले बैठक राख्न नसकेको आरोप लगाउँदै सो समूहले विचार एवं व्यवहारमा देखिएका तमाम असफलताका कारण पार्टी विघटनको निस्कर्षमा पुग्नुपरेको दाबी गरिएको छ।

  

 

 

प्रकाशित: १४ माघ २०८१ ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast