‘खल्ती’ ले आठौँ वार्षिकोत्सव मनाउँदै

हिमाल प्रेस १३ माघ २०८१ १९:५२
‘खल्ती’ ले आठौँ वार्षिकोत्सव मनाउँदै

काठमाडौँ- नेपालको डिजिटल वालेट ‘खल्ती’ ले आइतबार आठ वर्ष पूरा गरेको छ।

सन् २०१७ बाट नेपालीहरूमाझ मोबाइल टपअप र बिल भुक्तानीजस्ता सुविधाबाट सुरूवात भएको खल्तीले यस अवधिमा धेरै नयाँ सुविधाहरू थप गरेको छ।

डिजिटल वालेटमार्फत विभिन्न युवामैत्री मनोरञ्जन, कन्सर्ट, खेलकुद र रियालिटी सोहरूका लागि इभेन्ट टिकेटिङ, भोटिङ र सिनेमा टिकेटिङ प्लेटफार्मका रुपमा अग्रणी स्थानमा रहेको ‘खल्ती’ का व्यवस्थापकहरूले जनाएका छन्।

पछिल्ला वर्षहरूमा सरकारी सेवा सुविधाको डिजिटल भुक्तानीदेखि विभिन्न ग्याजेट खरिदका लागि ‘खल्ती मल’ र रेस्टुराँदेखि मनोरञ्जनको महत्वपूर्ण स्थान रहने ‘प्लेसेस बाई खल्ती’ सम्म खल्तीले डिजिटल सेवा विस्तार गरेको छ।

गत वर्ष जस्तै यस वर्ष पनि देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा ‘खल्ती’ एनसीएचएलबाट सम्मानित भएको छ।

आठौँ वार्षिकोत्सवको अवसरमा खल्तीले माघ ७ देखि १८ गतेसम्म लागू हुनेगरी आठ रुपैयाँमा कफी, स्वास्थ्य सुरक्षा, टपअप, मुभी अनि फ्लाइट योजना ल्याएको छ।

पहिलो ८८ हजार ८८८ प्रयोगकर्तालाई ८ रुपैयाँमा कफी र सुरक्षा मिनी नामक स्वास्थ्य बिमा प्याकेज, ८ हजार ८८८ भाग्यशाली प्रयोगकर्तालाई आठ रुपैयाँमा पाँच रुपैयाँसम्मको टपअप, ८८ भाग्यशाली प्रयोगकर्तालाई आठ रुपैयाँमा मुभी टिकट र आठ भाग्यशाली प्रयोगकर्तालाई आठ रुपैयाँमा जहाजको टिकट उपलब्ध गराउने योजना ल्याइएको खल्तीका व्यवस्थापकले जनाएका छन्।

प्रकाशित: १३ माघ २०८१ १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast