काठमाडौँ- साताको पहिलो दिन आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट आएको छ। बजारमापक परिसूचक नेप्से १०.४२ अङ्कले घटेर २६४३.९३ को बिन्दुमा झरेको छ।
कारोबारमा आएका ३ सय १८ कम्पनीमध्ये १ सय ५३ कम्पनीको सेयरमूल्य घटेको छ। १ सय ४७ कम्पनीको सेयरमूल्य बढ्दा १७ कम्पनीको मूल्य यथावत् रह्यो।
तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो भने पाँचवटा कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। यस दिन ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
प्रकाशित: १३ माघ २०८१ १५:३१
प्रतिक्रिया