काठमाडौँ- नेपाल राहत शिक्षक संघ, केन्द्रीय समितिका सहसंरक्षक तथा निवर्तमान महासचिव कुमार बजगाईँले ४२ हजार राहत शिक्षकका माग समेटेर तत्काल शिक्षा एने नल्याए अप्रिय घटना हुने बताएका छन्।
एक कुराकानीमा बजगाईँले कुनै पनि राहत शिक्षकलाई विस्थापित बनाउन नहुने बताए। ‘अब आउने शिक्षा ऐनमा ४२ हजार राहत शिक्षकका माग हुबहु समेटिएन भने राहत शिक्षक ठूलो आन्दोलनका साथ सडकमा आउनेछ। कुनै पनि राहत शिक्षक विस्थापित नहुने गरी स्थापित हुनुपर्छ,’ उनले भने, ‘२०८० असोज ३ देखि १२ गतेसम्म आन्दोलनमा सरकारले हामीसँग सम्झौता गरेको छ। त्यो सम्झौता हुबहु कार्यान्वयन हुनुपर्छ। शिक्षा ऐनमा समेटिनुपर्छ। यदि समेटिएन भने नेपालको शैक्षिक आन्दोलनमा योभन्दा ठूलो अप्रिय घटना केही पनि हुने छैन।’
उनले विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक), साविक उच्च मावि, संघीय अनुदान, पेन्सन वञ्चित, स्थायीलगायत सबै शिक्षकलाई राज्यले उचित न्याय दिनुपर्ने बताए।
राहत शिक्षकलाई जागिरबाट त्यत्तिकै निकाल्दा परिणाम राम्रो हुँदैन : कुमार बजगाईँ (भिडियो अन्तर्वार्ता)