पाथीभरामा प्रहरीले स्थानीयलाई दमन गरेको भन्दै राजेन्द्र महतोको आपत्ति

हिमाल प्रेस १३ माघ २०८१ ११:३७
48
SHARES
पाथीभरामा प्रहरीले स्थानीयलाई दमन गरेको भन्दै राजेन्द्र महतोको आपत्ति

काठमाडौँ- ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित पवित्र मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केवलकारमा राज्यपक्षबाट दमन गरिएको भन्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले आपत्ति जनाएको छ।

शनिबार साँझ भएको घटनामा प्रहरीले गोली प्रहार गरेर चारजना घाइते बनाएकोप्रति मुक्त पार्टीले आपत्ति जनाएको हो। घटनामा घाइते हुनेमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती रहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

घटनाप्रति गहिरो आक्रोश व्यक्त गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रहरीद्वारा गरिएको बर्बर दमनको कडा निन्दा गरेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै घाइते आन्दोलनकारीहरूको शीघ्र उपचार र न्यायको माग गरेको छ।

प्रकाशित: १३ माघ २०८१ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast