प्रिमियर लिगमा मजबुत लिभरपुल

हिमाल प्रेस १३ माघ २०८१ ८:२७
8
SHARES
प्रिमियर लिगमा मजबुत लिभरपुल

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले मजबुत अग्रता कायम गरेको छ। शनिबार राति इसविच टाउनमाथि ४–१ को जित दर्ता गर्दा लिगको शीर्षमा ६ अंकको अग्रता कायम गरेको छ।

लिभरपुलले हालसम्म २२ खेलबाट ५३ अंक प्राप्त गर्दा दोस्रोमा रहेको आर्सनलले २३ खेलबाट ४७ अंक ल्याएको छ। आर्सनलले एक खेल बढी खेलेकोले आगामी जितले पनि लिभरपुलको अंक तालिकामा खास असर पर्ने देखिदैन।

लिभरपुलको जितमा कोडी गाक्पोको दुई गोल तथा डोमिनी र मोहम्मद सलाहले समान एक गोल गरे। पहिलो हाफमा नै ३–० को आरामदायी अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप १ गोल गर्‍यो। इसविचका लागि ग्रेभ्सले अन्तिम समयमा शान्त्वना गोल फर्काए।

जितसँगै लिभरपुलले शीर्ष स्थानमा ६ अंकको अग्रता कायम गरेको छ। लिगको २२ मध्य १६ खेलमा जित, ५ खेलमा बराबरी र १ खेलमा हार भोग्दै लिभरपुलले ५३ अंक बनाएको छ। लिभरपुलभन्दा एक खेल बढी खेलेको इसविच टाउन भने १६ अंकमा रेलिगेसन क्षेत्रमा छ।

इसविचले लिगको २३ खेलमा ३ खेलमा मात्र जित निकालेको छ। ७ खेलमा बराबरी र १३ खेलमा हार भोग्दै १६ अंक भएको इसविच तालिकाको १८ औँ स्थानमा छ। रेलिगेसनबाट जोगिन टाउन अंक तालिका सुधारका लागि संघर्ष गरिरहेको छ।

गएराति भएकै अर्को खेलमा आर्सनलले वुल्भ्समाथि १-० को संर्घषपुर्ण जित निकालेको छ। लिभरपुलभन्दा एक खेल बढी खेलेको आर्सनल ४७ अंकमा तालिकाको दोस्रो स्थानमा छ।

प्रकाशित: १३ माघ २०८१ ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast