काठमाडौँका यी स्थानमा जाने छ आज विद्युत्

हिमाल प्रेस १२ माघ २०८१ ९:०७
8
SHARES
काठमाडौँका यी स्थानमा जाने छ आज विद्युत् प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- काठमाडौँका विभिन्न ठाउँमा आज विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्र, बूढानीलकण्ठ वितरण केन्द्र, महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा एक घन्टादेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुनेछ।

जोरपाटी वितरण केन्द्रको डाँछी फिडर अन्तर्गत पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्यालगाउँ, ग्रीनहिल सिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

विद्युतीय पोल स्थानान्तरणका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

बूढानीलकण्ठ वितरण केन्द्रको टोखा फिडर र शिवपुरी फिडर अन्तर्गतका स्थानहरुमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित: १२ माघ २०८१ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast