अबुजा (रासस/सिन्ह्वा)- नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका कम्तीमा २५ जनालाई मारिएको जनाएको छ।
नाइजेरियाली सेनाका प्रवक्ता एडवर्ड बुबाले सोमबारदेखि मंगलबार उत्तरपश्चिमी राज्यहरू सोकोटो र जाम्फारामा रहेका विद्रोही लडाकु समूहको शिविरमा सेनाले आक्रमण गर्दा तुर्जीको सेकेन्ड-इन-कमान्ड अमिनु कानावा र अन्य आठ जना कमाण्डरहरू मारिएका थिए। बडवर्डले कानवा र दर्जनौं अन्यको हत्यापछि तुर्जीको शिविर अस्तव्यस्त भएको बताए।
प्रकाशित: १० माघ २०८१ २१:४१
प्रतिक्रिया