च्याम्पियन लिग : भिन्सियसका २ गोलले रेडबुलमाथि रियल हाबी

हिमाल प्रेस १० माघ २०८१ ७:०६
4
SHARES
च्याम्पियन लिग : भिन्सियसका २ गोलले रेडबुलमाथि रियल हाबी

काठमाडौँ- स्पेनिस टोली रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको बुधबार रातिको खेलमा रेडबुल साल्जबर्गमाथि हाबी भएको छ। रियलले ५ गोल गर्दा रेडबुलले जम्मा १ गोल फर्काउन सक्यो।

रियलका लागि पहिलो हाफमा रोड्रिगोले २ तथा केलिएन एम्बाप्पेले १ गोल गरेका थिए। दोस्रो हाफमा भिन्सियस जुनियरले थप दुई गोल गरे।

यो जितसँगै रियलले कमसेकम प्ले अफ स्थान पक्का गरेको छ। रियल १२ अंकसहित १६ औँ स्थानमा छ। ८ औँ स्थानमा रहेको वायर लिभरकुसेनको १३ अंक छ। आठौँदेखि १८ औ स्थानमा रहेका टोलीको बीचको अन्तर एक अंक मात्र छ। रियलले अर्को साता ब्रेस्टसँग प्रतिस्पर्धा गर्दैछ।

 

 

 

प्रकाशित: १० माघ २०८१ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast