तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सञ्चालन विधेयक पास गर्ने व्यवस्था मिलाउन रुइतको आग्रह

हिमाल प्रेस ९ माघ २०८१ ११:१२
18
SHARES
तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सञ्चालन विधेयक पास गर्ने व्यवस्था मिलाउन रुइतको आग्रह

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतले तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सञ्चालन विधेयक पास गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। शिक्षा मन्त्रालयमा मंगलबार रुइतको नेतृत्वको टोलीले मन्त्री भट्टराईलाई भेट्दै त्यसबारे ध्यानाकर्षण गराएको हो।

तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सञ्चालन विधेयक उपर संसद्को सम्बन्धित समितिमा उठेका विषयहरूमा थप स्पष्ट हुन आवश्यक सूचना तथा विवरण आवश्यक परेकोले उक्त विवरण उपलब्ध गराउन उनीहरूलाई मन्त्री भट्टराईले आग्रह गरिन्।

यसका लागि नेपाल आँखा कार्यक्रम, जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा दर्ता रहेको अन्धोपन निवारण समाज लगायतका संस्था समेत विश्वविद्यलयमा समाहित हुने प्रावधान प्रस्तावित रहेकोमा यसको सम्पत्ति व्यवस्थापन र रहने दायित्व, कर्मचारी व्यवस्थापन, तीलगंगा होल्डिङ्स प्रा.लि. र यसको कार्य प्रकृया लगायतका विषयमा थप स्पष्ट हुनुपर्ने विषयमा छलफल केन्द्रित भएको थियो।

डा.रुइतको टोलीले माग भए बमोजिमको विवरण र सूचना उपलब्ध गराउन आफूहरू तयार रहेको बताउँदै विधेयकलाई छिटो पास गर्ने व्यवस्थाका लागि अनुरोध गरेका थिए।

प्रकाशित: ९ माघ २०८१ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast