चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

हिमाल प्रेस ९ माघ २०८१ ९:२३
10
SHARES
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द प्रतिनिधिमूलक तस्बिर

बाँके- चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ। आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ।

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट गरे। अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए।

प्रकाशित: ९ माघ २०८१ ९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast