काठमाडौँ- माघको पहिलो सातामा आइपुग्दा काठमाडौँको तापक्रम केही बढ्दै गएको छ। पुसको अन्तिम साता एकदमै तल झरेको तापक्रम बिस्तारै बढ्न थालेको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन भएको छ। मंगलबार न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।
सोमबार २० देखि २२ डिग्रीबीच रहेको अधिकतम तापक्रम बुधबार २२ देखि २४ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ।
प्रकाशित: ९ माघ २०८१ ७:१०
प्रतिक्रिया