ट्रम्प राष्ट्रपति बनेसँगै आकासियो अमेरिकी डलर

हिमाल प्रेस ९ माघ २०८१ ६:२४
4
SHARES
ट्रम्प राष्ट्रपति बनेसँगै आकासियो अमेरिकी डलर अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसको चिफ अफ स्टाफ सुसी वाइल्ससँग। तस्बिर : रोयटर्स

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो अमेरिकाको ४४ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्पमा शपथ लिएका थिए। उनी आएलगत्तै अमेरिकी डलर आकासिएको छ। कतिपयले ट्रम्पले लिएका निर्णयले पनि मुद्रामा असर परेको बताएका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८२ पैसा थियो।

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ०६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६८ पैसा छ। हिजो युरो एकको खरिददर एक सय ४२ रुपैया ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ८९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४० पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९४ र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ७३ र बिक्रीदर ८६ रुपैयाँ १० पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १३ र बिक्रीदर चार सय ५० रुपैयाँ ०७ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९४ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ७३ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ३२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २५ पैसा थियो।

प्रकाशित: ९ माघ २०८१ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast