काठमाडौँ- राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । मंगलबार आयोगले उक्त दललाई दर्ता प्रमाणपत्र दिएको हो ।
यो दलको चुनाव चिह्न ग्यास सिलिन्डर तोकिएको छ । स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्तबमोजिम पार्टी आगाडि बढ्ने राष्ट्रिय मुक्ति पार्टीका नेताहरूले बताएका छन् ।
प्रकाशित: ८ माघ २०८१ १६:२६
प्रतिक्रिया