युवकलाई कुट्ने असई निलम्बित

हिमाल प्रेस ७ माघ २०८१ १३:२५
34
SHARES
युवकलाई कुट्ने असई निलम्बित

काठमाडौँ- चेकजाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) बुद्धीबहादुर घर्ती भुजेल निलम्बनमा परेका हुन्।

पदीय मर्यादा र आचरणविपरित क्रियाकलाप गरेको पाइएकाले भुजेललाई निलम्बन गरी विभागीय कारबाही अगाडि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

भरतपुर महानगरपालिका–११ बसेनी चोकमा गस्ती गर्ने क्रममा भुजेलले एक युवकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले छानबिन समिति गठन गरेर घटनामा संलग्न प्रहरी सहायक निरीक्षक भुजेलउपर कारबाही प्रक्रिया अगाडि बढाइएको बताए।

आइतबार राति १०:१० बजे चेकजाँचका क्रममा विवाद हुँदा भुजेलले एक युवकलाई मरनासन्न हुनेगरी कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ। ती युवकलाई कुटपिट गर्दै उनले ‘पावर देखाउने हो? ल फोन गर। कसलाई फोन गर्ने हो गर’ भनेको भिडियोमा सुनिन्छ।

डीएसपी महतोले युवकको पहिचान भइसकेको र समन्वय गर्ने काम भइरहेको बताए।

प्रकाशित: ७ माघ २०८१ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast